News Portal

सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

रातोपोस्ट संवाददाता
८१८ पटक

काठमाडौं,साउन १४ । सवारी चालक अनुमती पत्र (लाइसेन्स )बनाइदिने भन्दै विभिन्न ब्यक्तिसँग रकम असुलि गरेको आराेपमा एक ब्यक्ति पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलिद्वारा मिति २०७७।०४।११ गते अन्दाजि साँझ ७ बजेको समयमा चन्द्रागिरि नगरपालिका वडा नं ३ थानकोट खरीबोटस्थित सवारी चालक अनुमति पत्र (लाईसेन्स) बनाईदिन्छु भनी विभिन्न ब्यक्तिहरूसंग रकम असुली गर्ने जिल्ला मुगु खत्याड गा.पा वडा नं ८ घर भई हाल जि. भक्तपुर मध्यपुर थिमि नगरपालिका मगर गाँउ बस्ने बर्ष २५ को प्रेम राज पाण्डेलाई थानकोट खरीबोटबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

निजले बिगतमा जिल्ला काठमाण्डौ च.न.पा -४ बस्ने मंगल श्रेष्ठ तथा च.न.पा -४ बस्ने शैसब श्रेष्ठ लगायतलाई लाईसेन्स बनाईदिने भन्दै प्रतिव्यक्ति रू १३,५००।- रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यस सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी सम्बन्धि कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्