News Portal

  • बिर्तामोडमा साेमबारदेखि पुनः अनिश्चितकालीन लकडाउन

    रातोपोस्ट संवाददाता
    ७२२ पटक

    झापा, साउन १८ । झापाको बिर्तामोडमा साेमबारदेखी पुनः अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरिएको छ। जिल्लाको मुख्य व्यापारिक केन्द्र बिर्तामोड नगर क्षेत्रमा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै बिर्तामोड नगरपालिकाले अनिश्चितकालीन लकडाउनको निर्णय गरेको हो।

    बाह्रदशीका एक संक्रमित केहीदेखि अघि बिर्तामोड आएको र बिर्तामोडका एक महिला प्रहरीमा समेत कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाभित्र कोरोनाको जोखिम बढेकोले लकडाउन गर्ने निर्णय गरेको हो।

    आइतबार राति १२ बजेदेखि लागु हुने गरी लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

    आइतबार नगरपालिकामा बसेको सर्वपक्षीय आकस्मिक बैठकले स्वास्थ्य क्षेत्र बाहेकका सबै उद्योग व्यवसायहरू पूर्ण बन्द गर्ने, लामो दूरीका सवारीलाई भने बिर्तामोडमा रोक्न नदिई सीधै गन्तव्यतर्फ जान दिने निर्णय भएको छ। त्यसै गरी अति आवश्यक खाद्यलगायतका ढुवानी गर्ने साधनलाई चल्न दिइने भएको छ। त्यसमा स्वास्थ्य सुरक्षालाई उच्चतम ध्यान दिनुपर्ने नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए।

    बिर्तामोडमा संक्रमितसँगको ट्रेसिङ र टेस्टिङ गर्न अर्को सूचना प्रकाशित नहुन्जेलका लागि लकडाउन हुने उनले बताए। यस्तै निजी तथा सार्वजनिक सवारी साधनलाई नगर क्षेत्रमा पूर्ण रुपमा निषेध गरिने उनको भनाइ छ।

    यसैबीच नगर क्षेत्रभित्र बिहान ८ बजेदेखि ११ बजेसम्म भने खाद्यान्न, दूध, तरकारी लगायतका पसलहरू सञ्चालन गर्न दिइने जनाइएको छ। कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिँदै गएको भन्दै नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गर्नुपरेको नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)