News Portal

सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
३६० पटक

कैलाली । सुदूरपश्चिममा थप १० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४६ जनामा गरिएको परीक्षणमा थप १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेमा मालिकाअर्जुन दार्चुलाका वर्ष २५, २७, ३५ का ३ पुरुष, मार्मा ३ दार्चुलाका २६ र २७ का २ पुरुष, धनगढी ७ कैलालीका २७ वर्षीय १ पुरुष, धनगढी ३ कैलालीका ३६ वर्षीय १ पुरुष, बेलडाडी २ कञ्चनपुरका २५ वर्षीय १ पुरुष र बेलौरी कञ्चनपुरका ३५ र ३० वर्षका २ पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

उनले यस अस्पतालबाट हालसम्म २० हजार २८४ जनाको कोभिड १९ जाँच गरिएको र १८ हजार ७१७ जनामा नेगेटिभ रिजल्ट आएको बताए । उनका अनुसार अहिलेसम्म १५ सय ६७ जना फेला परेका संक्रमित छन भने १८९ शंकास्पद संक्रमितको उपचार भएको छ । जसमध्ये ८४ जना निको भई घर गइसकेको श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्