News Portal

एउटै बैंकका चार कर्मचारीमा कोरोना पुष्टि

रातोपोस्ट
५०५ पटक

गुलरिया, साउन २९ । बर्दियाको एक बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। बासगढी नगरपालिकास्थित एउटै बैंकमा कार्यरत चार कर्मचारीको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो।

जनस्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार बैंकमा कार्यरत चार कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो। पछिल्लो समय बर्दियामा बैंक कर्मचारीमा कोरोना देखिन थालेपछि बैंकहरु बन्द छन्।

हालसम्म बर्दियाको गुलरिया र बाँसगढी नगरपालिका तथा बढैयाताल गाउँपालिका गरेर चार बैंकका ९ जना कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ। गुलरियाको एक बैंकका २ जना, बाँसगढीको २ वटा बैंकमा १ र ५ जना तथा बढैयाताल गाउँपालिकाको एक बैंकमा १ जना कर्मचारी कोरोना संक्रमणमा परेका छन्।

बिहीबार बाँसगढी नगरपालिकामा ८ जनाको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ। बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए। संक्रमण दर बढेसँगै पाँच दिनका लागि थरिएको निषेधाज्ञा तीन दिन थप गरिएको छ।

कोरोना भाइरस फैलिरहेको अवस्थामा सबैजनालाई घरमा बस्न प्रजिअ अधिकारीले अनुरोध गरे। महिलाको नजिकिँदै गरेको तीज पर्व घरघरमै बसेर मनाउन आग्रह गर्दै उनले धेरै जनासँग सम्पर्कमा आइरहने व्यक्तिलाई आफैँ परीक्षण गराउन अनुरोध गरेको छ। अन्नपूर्ण पोस्ट

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)