News Portal

  • पहिरोमा परि कालिकोटमा ६ जनाको मृत्यु

    रातोपोस्ट संवाददाता
    २०२ पटक

    सुर्खेत, साउन ३० । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

    अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले जानकारी दिए।

    मृतकहरु मध्ये चारजना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ । कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)