News Portal

विद्रोहि नेकपाको युवा संगठनद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
५३८ पटक

दाङ, साउन २३ । नेकपा विप्लव नेतृत्वको युवा संगठन दाङले एक विधालयमा बृक्षरोपण गरेको छ ।

युवा संगठन नेपाल दाङको आयोजनामा जिल्लाको एक स्थानीय जनता आधारभुत बिधालय भलानेटीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको ।

बृक्षारोपण कार्यक्रममा नेकपा नेता निर्मलको प्रमुख आतिथ्यता तथा युवा संगठन जिल्ला अध्यक्ष बिराटको अध्यक्षतामा र बिशिस्ट आतिथ्य बिधालयका प्रधानाध्यापकसहित स्थानीय ब्यत्तिहरुको उपस्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो।

बिधालयको प्राङ्गणमा अशोक,धुपिसल्ला, कपुर, स्वामीगरि विभिन्न प्रताजिका ५० औ बिरुवा रोपिएको युवा संगठन नेपाल दाङका जिल्ला अध्यक्ष बिराटले जानकारी दिए।

प्रतिकृया दिनुहोस्