News Portal

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

रातोपोस्ट
८६४ पटक

बाँके, भदौ २ । बाँकेमा कोरोना संक्रमणबाट सोमवार राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार गए राति ११:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो । उनलाई कोरोनाको लक्षण देखिएपछि साउन ३२ गते शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको कोरोना परीक्षणमा सोमवार दिउँसो रिपोर्ट पोजेटिभ आएको थियो । मृतकको घरपरिवार र नेपाली सेनासँगको समन्वयमा शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । रासस

प्रतिकृया दिनुहोस्