News Portal

  • झापाका १९ सहित प्रदेश १ मा ११२ जना नयाँ संक्रमित थपिए, ९ जना डिस्चार्ज भए

    रातोपोस्ट संवाददाता
    २३३ पटक

    विराटनगर, भदौ १३ । प्रदेश १ मा शनिवार १ सय १२ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन्, भने ९ जना डिस्चार्ज भएका छन् । मोरङका ४७ जना, सुनसरीका २४ जना, झापा १९ जना, धनकुटाका १९ जना, संखुवासभाका २ जना र प्रदेश १ बाहिरका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    विराटनगरमा २१ जनामा कोरोना पुष्टि भएको छ । महिला १० जना र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १÷१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

    यसैगरी सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १६ पुगेको छ । त्यस्तै, आज झापा मेचीनगरको धाइजन आइसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेहरुको संख्या १ हजार ५ सय २५ पुगेको छ । प्रदेश १ मा शनिवार १ हजार २ सय २० जनाको पीसीआर परीक्षण गरिएको छ ।

    परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)