News Portal

प्रहरीको आँखा छक्याउँदै उम्किएका विप्लव नेतृ भुजेल र नेता पौडेलकाे अवस्था अज्ञात

रातोपोस्ट संवाददाता
१८४८ पटक

राजविराज । नेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता सुमनसिंह पाैडेल र नेतृ उमा भुजेलकाे अवस्था अज्ञात रहेको परिवार स्राेतले बताएको छ।भुजेल नेपाल कम्युनिस्ट पार्टीकि केन्द्रीय सदस्य एवम् तत्कालीन मेची -कोसी ब्युरो इन्चार्ज हुनभने नेता पाैडेल ब्युरो सचिव एवम् झापा जिल्ला इन्चार्ज हुन। पुनः पक्राउका लागि जिल्ला अदालत सप्तरीको अगाडि बसेको प्रहरीलाई झुक्याएर नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका थिए।सामाजिक सञ्जालमा उनिहरुका शुभचिन्तक ,लेखक,बुद्धिजीवी तथा नेता कार्यकर्ताले सर्वोच्चकाे आदेशमा रिहा भएको भन्दै बधाई तथा शुभकामना दिइरहेका छन्।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएका हुन्। नेतृ भुजेल र नेता पाैडेल प्रहरीको आँखा छल्दै उम्किएपछि प्रहरीलाई तनाव भएको छ।

१२ पटक भन्दा बढी पटकपटक गिरफ्तार परेकि नेतृ भुजेल र पुर्वका विभित्र जिल्ला घुमाइएका नेता पाैडेललाई सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न दर्जनौं प्रहरी तैनाथ गरिएको थियोे। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भए लगत्तै पुनः पक्राउ गर्न लागेको जानकारी पाएपछि प्रहरीकाे आँखा छल्दै उनिहरु बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।
त्यसाे त नेकपा कि केन्द्रीय सदस्य समेत रहेकि नेतृ भुजेल प्रहरीका अाँखा छल्न माहिर मानिन्छिन्।उनी दशवर्षे सशस्त्र द्वन्द्वकालकाे चर्चित गाेर्खा जेल व्रेकरकि मुख्य सदस्य हुन्।त्यसैले उनी गिरफ्तार परे लगत्तै प्रत्येक पटक अदालतले रिहा गर्दा उनी उम्कन सक्ने भन्दै दर्जनौं प्रहरी तैनाथ नगरिएको भने होइन । तर हिजो भने नेतृ भुजेल र पाैडेल प्रहरीलाई छक्याउँदै अदालतबाट बार एशोसिएसनको पछाडिको ढोका हुँदै बेपत्ता भएको अदालतका एक कर्मचारीले जानकारी दिए।

जिल्ला अदालत सुनसरीले भदौ २ गते सबै मुद्दामा सादा तारखेमा रिहा गरेलगत्तै अदालत परिसरबाट बाहिर निक्लने क्रममा पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीले अभद्र व्यवहारको आरोप लगाउँदै भदौ ४ गते मुद्दा चलाएको थियो।

सुनसरीमा पक्राउ परेलगत्तै दुवै जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाए पनि सप्तरी प्रहरीले उनिहरुलाई भारदहमा प्रहरीमाथि अभद्र व्यवहार गरेको झुठो मुद्दा लगाएको थियोे ।। गत पुस १२ गते पक्राउ परेकी नेतृ भुजेल १२औं पटक पक्राउ परिसकेकी छन्। सरकारले नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।

उनीहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा तनाव भएको छ। पुनः पक्राउका लागि अदालत परिसरमा तैनाथ रहेका प्रहरीले नेतृ भुजेल र नेता पाैडेल उम्किसकेपछि चाल पाएका प्रहरीले अदालतभित्र लुकेको हुन सक्ने भन्दै अदालतको कोठा-कोठा चहार्दै खोजेका थिए। स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै कानुन व्यवसायीले विरोध जनाएका छन्। अदालतमा फेला नपरेपछि उनीहरु राजविराजमै कतै लुकेको हुन सक्ने आशंकामा हिजो रातिदेखि नै ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको छ।

प्रतिकृया दिनुहोस्