News Portal

  • सहरेडागीमा रक्तदान कार्यक्रम सम्पन्न

    रातोपोस्ट संवाददाता
    १०३४ पटक

    झापा, भदौ २० । नोवल कोरोना भाइरस कोभिड १९ का कारण झापामा हुने रगतको अभावलाई कम गर्न शनिबार झापाको मेचीनगर—१२ सहरेडागीमा वृहद खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विचार चौतारी युवा क्लब र मेचीनगर १२ नम्बर वडाको संयुक्त आयोजनमामा सहरेडागीमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

    आयोजक विचार चौतारी युवा क्लबका अध्यक्ष हरिकृष्ण भण्डारीका अनुसार उक्त कार्यक्रममा ७ महिला र ६१ पुरुष गरी कुल ६८ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाईटि झापाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमको सह आयोजकका रुपमा डाइनामिक युथ क्लब मेचीनगर—१२ पिपलडाँगी र विशेष सहयोगी संस्थाकारुपमा श्री अन्तु हेल्थ केयर विर्तामोड झापा रहेका थिए ।

    संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि झापालाई हस्तान्तरण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका ट्राफिक प्रहरी नायव निरीक्षक नारायण आचार्यको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षाकर्मी सञ्चारकर्मीसहितले रगत दान गरेका थिए । आयोजकले कुल ५० प्रिन्ट रगत संकलन गर्ने सोच राखेको भएपनि ठूलो परिमाणमा रगत संकलन भएको अध्यक्ष भण्डारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)