News Portal

‘सिंहदरबारका दुई चारजना नमरेसम्म कोरोना नियन्त्रण हुँदैन’

रातोपोस्ट
४९४ पटक

भक्तपुर, असोज ११ । उपत्यका नगरपालिका मेयर फोरमका सचिब मदन सुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन्।

रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले देशभरको संक्रमितको संख्याको आधा संख्या उपत्यकामा देखिनु सिंहदरबार नै दोषी भएको बताए।

कोरोना नियन्त्रणमा सरकारको लापरवाही देखिएको छु, उनले भने- सिंहदरबारमा दुई चार जनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण गर्न सकिने अवस्था छैन । उपत्यकामा विगतका दिनमा बाहिरबाट संक्रमित प्रवेशको डर रहेको अवस्थाको अन्त्य भएको उनले बताए।

कोरोनाको केन्द्र बनेको उपत्यकाबाट अब दशैं र तिहारको समयमा बाहिर जानेबाट देशैभर कोरोना संक्रमण पुग्‍नेतर्फ बेलैमा सर्तकता अपनाउन नसके यसले झन् महामारीको रुप लिने उनले बताए।

उपत्यकामा अब लकडाउन नहुने बताउँदै श्रेष्ठले संक्रिय संक्रमितको क्षेत्रको पहिचान गरि फरक किसिमको निषेधाज्ञा लगाउनु पर्नेमा जोड दिए। अन्यथा दशैँसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्‍ने उनले दाबी गरे। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञा कागजमै सीमित हुँदा उपत्यकामा महामारी फैलिएको उनले आरोप लगाएका छन्। थाहा खबर

प्रतिकृया दिनुहोस्