रातोपोस्ट

धनगढी, असोज १५ । मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झना कामीको हत्या गरेको आरोपित राजेन्द्र बोहोराले बयान दिएका छन् ।
बझाङको मष्टा गाउँपालिका–२ खिकालामा सीम मन्दिरभित्र गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा सम्झनाको शव भेटिएको थियो ।
पक्राउ परेका बोहोराले मन्दिरभित्र रहेको धारिलो हतियार (त्रिशुल)ले हिर्काएर सम्झनाको हत्या गरेको बयान दिएको बझाङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए। थाहा खबर