News Portal

  • नेकपा सचिवालय बैठक कोरोनाका कारण अनिश्चित

    रातोपोस्ट संवाददाता
    २४९ पटक

    काठमाडौं, असोज १८ । आइतबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ । बैठक साँझ ४ बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको निजी सचिवालयका सदस्यहरुलाई कोरोनासंक्रमण पुष्टि भएपछि बैठक बस्ने नबस्ने अनिश्चित भएको हो ।

    ‘बैठक स्थगित वा सरेको भनेर सूचना आइसकेको त छैन, तर प्रधानमन्त्रीको सचिवालयका ५ जना सदस्यहरुलाई कोरोना भाइरस पुष्टि भएपछि अनिश्चितता बढेको छ । यस्तो अवस्थामा बैठक सार्दा राम्रो हुन्छ,’ एक सचिवालय सदस्यले भने, ‘बरु एकदुई दिनपछि बस्दा पनि फरक पर्दैन ।’

    शनिबार सचिवालयका सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री ओलीले तत्काललाई सबै किसिमका भेटघाट बन्द गरिसकेका छन् । मन्त्रिपरिषद पुनर्गठन, विभिन्न नियुक्ति, पार्टी एकता लगायतका विषयमा निर्णय गर्न बैठक डाकिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)