News Portal

जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाउन डा. भट्टराईकाे चेतावनी

प्रविण अधिकारी
७२१ पटक

काठमाडौं , २८ असाेज। कुनै समय एउटै पार्टीमा थिए  डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ । हाल सत्तामा रहेका पुर्व माओवादी खेमाका नेताहरु र माओवादी छाडेर विभिन्न पार्टी खाेल्दै हिँडेका भट्टराई  बिच गजबको दाेहाेरी चलिरहेकाे छ। अझ भनाैँ सरकार एकातिर र बाबुराम भट्टराई अर्कोतिर देखिन्छन् ।

केही दिनअघि पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर बाबुराम भट्टराईले गोरखामा आयोजित एउटा कार्यक्रममा ओली, दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेर बूढीगण्डकी परियोजनामा ९ अर्ब कमिसन बाँडेर खाएको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्ति पश्चात्, बुधबार नेकपा प्रवक्ता  नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय, प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले परियोजनाबाट घुस खाएको भनि लगाएको आरोप ‘विल्कुल झूठ, आधारहिन, गलत, कपोकल्पित र दुरासयपूर्ण रहेको’ भन्दै त्यसलाई पूर्णरुपमा खारेज गरेको बताए।

सरकारका तर्फबाट आएको विज्ञप्ति शेयर गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत पुनः चेतावनीका साथ लेखेका छन्,- बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।

सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!

डाक्टर भट्टराईले फेसबुकमा लेखेकाे स्टाटस

बुधबार नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय, प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले परियोजनाबाट घुस खाएको भनि लगाएको आरोप ‘विल्कुल झूठ, आधारहिन, गलत, कपोकल्पित र दुरासयपूर्ण रहेको’ भन्दै त्यसलाई पूर्णरुपमा खारेज गरेको बताएका छन्।

“हामी त्यससँग सम्बन्धित तथाकथित कुनै प्रमाण भए सार्वजनिक रुपमा र राज्यको सम्बन्धित आधिकारिक निकायमा पेश गर्न चुनौती दिन्छौँ । यद्यपि त्यस प्रकारको कृत्रिम आरोपको तथाकथित प्रमाणको हौवा भ्रमको खेती मात्र हो भन्ने स्पष्ट नै छ”, विज्ञप्तिमा भनिएको छ, “तसर्थ राज्यको गरिमामय उच्च पद सम्हालिसकेका व्यक्तिबाट प्रचारित यस प्रकारको आपत्तिजनक एवं गैरजिम्मेवार अभिव्यक्तिका निम्ति सार्वजनिक क्षमा याचना हुनुपर्दछ।”

त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि पार्टी सभापति देउवाको संलग्नता रहेको प्रमाण सार्वजनिक गर्न यसअघि नै चूनौती दिइसकेको छ।

प्रतिकृया दिनुहोस्