News Portal

उदयपुरमा स्कारपिओ दुर्घटनाः पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर घाइते

रातोपोस्ट संवाददाता
५०७ पटक

उदयपुर, ०२ कात्तिक । उदयपुरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएकाे छ भने तीन जना गम्भीर घाइते भएका छन्,।सिद्दिचरण लोकमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ भदौरे भीरमा शनिबार राती १२ बजे भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमा नै मृत्यु भएको र दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन भने अन्य २ जनाकाे पहिचान खुलिसकेकाे र उनिहरू ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन्।

दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएका अन्दाजी ३०/३२ वर्षका पुरुष, ३०/३५ वर्षका पुरुष र अर्की ३०/३५ वर्षकी महिलाको पहिचान हुननसकेकाे र अहिले मृतकको शव र दुर्घटनामा परेको गाडी घटनास्थलमै रहेको प्रहरीले जनाएकाे छ। दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पवन खड्का रहेकाे र उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएकाे छ।

गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको छ। दुर्घटनामा पर्नेहरू सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी आएको र घटनाबारे थप अनुसन्धान भेरहेकाे प्रहरीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस्