News Portal

पछिल्लाे २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
५०१ पटक

काठमाडाैँ, ४ कात्तिक । पछिल्लाे २४ घण्टामा  नेपालमा थप  ३ हजार ९३  जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने ८ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा संक्रमितकाे संख्या १ लाख ३९ हजार १२९ पुगेको छ भने मृतककाे संख्या  ७६५ पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज मंगलबार  २१ सय ८  जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या ९६ हजार ६०९ पुगेको छ भने सक्रिय संक्रमितकाे संख्या  ४१ हजार ७७५ पुगेकाे छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना रहेका छन्, भने २८ हजार १९६ होम आइसोलेसनमा छन्।  क्वारेन्टाइनमा ४ हजार २२० जना रहेका छन्।आइसीयूमा २७३ र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको  प्रवक्ता गाैतमले जानकारी दिए।

प्रतिकृया दिनुहोस्