News Portal

थप २८१७ जनामा कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

रातोपोस्ट संवाददाता
३९३ पटक

काठमाडौं, २३ कार्तिक । नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ।

आइतबार थप २ हजार ८१२ जना कोरोनामुक्त भएका छन्। हालसम्म १ लाख ५७ हजार ९२६ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या भने ३५ हजार ४१९ रहेको छ।

त्यस्तै कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु संख्या ११ सय ८ पुगेको छ।

प्रतिकृया दिनुहोस्