News Portal

बुद्धशान्तिमा एकजना कोरोना संक्रमितको मृत्यु

रातोपोस्ट संवाददाता
४१९ पटक

झापा, ३ मंसिर । झापामा आज एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका वडा न. ३ का ६८ वर्षिय पुरुष रहेका छन् ।

उनको आज बिहान ७ बजे बिर्तामोडको बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । कात्तिक १ गते अस्पताल भर्ना भएका थिए ।

उनको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बुद्धशान्तिमा २ र झापामा ८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्