News Portal

विर्तामोडमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४८३ पटक

झापा, ३ मंसिर । झापाको विर्तामोडमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना पुरुष रहेका तर पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक प्रकाश जबेगुका अनुसार बुधवार दिउँसो ११ बजेर २५ मिनेट जाँदा पूर्व-पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका-६, बस पार्क पूर्व दुईवटा मोटर साइकल एक आपसमा जुधेर सडकमा लडेका बेला ट्रक आएर किचेको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यही बेला ट्रक आएर किचेको प्रहरी निरीक्षक जबेगुले बताए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्