News Portal

बङ्गालको खाडीमा शक्तिशाली सामुद्रिक आँधी

रातोपोस्ट
५०० पटक

एजेन्सी, १० मङ्सिर । भारतस्थित बङ्गालको खाडीमा निवार नामको शक्तिशाली चक्रवात विकसित भएको छ । जसका कारण पछिल्लाे २४ घण्टामा तमिलनाडु राज्यको राजधानी सहर चेन्‍नईमा भीषण वर्षा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मौसम विभागले यस आँधीले खतरनाक रुप लिने अनुमान गरेको छ । विभागका अनुसार सामुद्रिक आँधी बुधबार साँझ तमिलनाडु र पुडुचेरीको तटमा बज्रिने अनुमान गरिएको छ । भारतीय मौसमविद्का अनुसार यसको गति प्रतिघण्टा सयदेखि डेढ सय किलोमिटरसम्म हुने अनुमान छ ।

आँधीले पुर्‍याउन सक्ने क्षति न्यूनीकरण तथा उद्धारका लागि तमिलनाडु र आन्ध्र प्रदेशमा १२ सय उद्धार टोली तैनाथ गरिएको छ । आँधीको त्रासले रेल सेवा पनि बन्द गरिएको दैनिक भास्करले जनाएको छ । तमिलनाडुका पूर्व मुख्यमन्त्री करुणानिधिको घर समेत पानीले भरिएको छ ।

प्रतिकृया दिनुहोस्