News Portal

पछिल्लाे २४ घण्टामा नेपालमा थप १३ सय ४ जना संक्रमित, २१ काे मृत्यु

रातोपोस्ट संवाददाता
४४३ पटक

काठमाडाैँ, १६ मंसिर । पछिल्लाे २४ घण्टामा  नेपालमा थप  १३ सय ४   जनामा  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएकाे छ भने थप २१ जनाकाे मृत्यु भएकाे छ। याे सँगै नेपालमा संक्रमितकाे संख्या २ लाख ३३ हजार ४५२  पुगेको छ भने मृतककाे संख्या १५ सय २९  पुगेकाे  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

त्यस्तै आज २ हजार ७३  जनाले कोरोना जितेर डिस्चार्ज भएको र याे सँगै काेराेना जित्नेहरूकाे कुल संख्या  २ लाख १६ हजार ५९४  पुगेको छ । देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्