News Portal

नेकपा सचिवालय बैठक बस्दै, दुई कित्तामा विभाजित नेताहरुको आ–आफ्नै रणनीति

रातोपोस्ट संवाददाता
४२७ पटक

काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक दिउसो १ बजे बस्ने भएको छ । गत १८ गते बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक आजका लागि बोलाईएको हो । अध्यक्ष ओलीको अनुपस्थितीमा भएको छलफलमा २० गते सचिवालय र २१ गते स्थायी समितिको बैठक बस्ने मिति तय भएको थियो ।

आजकौ बैठकमा पनि दुई अध्यक्षले पेश गर्नुभएको अलग अलग प्रस्ताब माथी सचिवालयका सदस्यहरुले आ–आफनो दृष्टिकोण राख्ने छन् । दुई अध्यक्ष केपी शार्म ओली र पुष्पकमल दाहाल बीच सहमतिको लागि पहल गर्न दुबै पक्षका नेताहरु सक्रिय भएपनि कुनै सकारात्मक छनक भने नदेखिएको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

अध्यक्ष ओली सहमति पछि मात्र छलफल लाई अघि बढाउनु पर्ने पक्षमा हुनुहुन्छ भने अध्इक्ष दाहाल – नेपाल समुह बहुमत बाट नै अघि बढ्नु पर्ने पक्षमा रहदै आउनु भएको छ । सचिवालय बैठक बस्नु अघि दुबै अध्यक्षहरुले आ आफनो निकट नेताहरु संग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले आफु निटक नेताहरु संग बालुवाटारमा बिहानै देखी छलफल गर्नुभएको छ भने अर्का अध्यक्ष दहालले स्थायी समितिमा रहेका पूर्ब माओबादीका नेताहरु छलफल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्