News Portal

महेन्द्रद्वार सहकारी संस्थाकोको सपथ ग्रहण कार्यक्रम सम्पन्न

रातोपोस्ट संवाददाता
९९० पटक

झापा, ३ पुष । झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

काँकरभिट्टामा आज सम्पन्न कार्यक्रममा निर्वाचन समितिका संयोजक भवानीप्रसाद दंगालले नवनिर्वाचित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको सपथ गराएका थिए । आगामी चार वर्षका कार्यकालका लागि संस्थाको अध्यक्षमा राजकुमार दाहालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा युद्धराज ओली र सदस्यहरुमा कुन्दन निरौला, सीता कार्की (थापा), सुन्दरी श्रेष्ठ, प्रकाश ढुंगाना, यदुराम भट्टराई, हरिप्रसाद संग्रौला, अस्मिता दाहाल (खरेल), धनमाया पराजुली, इमादेवि पोखरेल, करण अधिकारी र धनकुमार राई चयन भएका छन् ।

यसैगरी गिरीराज धमला संयोजक र देवेन्द्र शिवाकोटी सदस्य रहेको दुई सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत चयन भएको छ भने पछि एकजना लेखा सुपरिवेक्षण समितिम थप गरिने निर्वाचन समितिका सदस्य डिल्लीराम घिमिरेले बताए ।

सपथग्रहण कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बेला मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकारात्मक सन्देश दिएको बताए ।

प्रमुख अतिथि संविधान सभा सदस्य कोइरालाले भने मृत्युको मुखमा रहेकाे सहकारीलाई फेरि जगाएर याे अवस्थासम्म ल्याउन सफल हुनु भएकाेमा सम्पूर्ण सहकारीको टिमलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राप्रपा मेचीनगरमा रहेका सबै पाटिले साझा रुपमा पठाएको लिखित शुभकामना सन्देश कार्यक्रमका प्रमुख अतिथि समेत रहका कोइरालाले संस्थाका नवनिर्वाचित अध्यक्ष राजकुमार दाहाललाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम संविधान सभा सदस्य उषा गुरुङ, प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य राधा थापा, मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, नेकपा मेचीनगर नगर कमिटी इञ्चार्ज देवकुमार राई, नेकपा मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेसका मेचीनगर सचिव हस्तबहादुर आङदेम्बे, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, जनता समाजवादी पार्टीका नेता तथा निर्वाचन समिति सदस्य केवलराम राई, जिल्ला सहकारी संघ झापाका सदस्य तथा मेची कृषक सहकारी संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थित रहेको थिए । कार्यक्रममा समितिका सदस्य डिल्लीराम घिमिरेले सञ्चालन तथा सदस्य सुरेन्द्रकुमार बुढाथोकीले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्