News Portal

लागुऔषध ब्राउन सुगरसहित धुलाबारीबाट एक जना पक्राउ

रातोपोस्ट संवाददाता
७२६ पटक

झापा, २२ पुस । झापाको मेचीनगर–१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो मेचीनगर नगरपालिका–१० का ३२ बर्षीय मोहमद मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्