News Portal

धनगढीमा आज दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गर्दै

रातोपोस्ट संवाददाता
३९० पटक

काठमाडौं, १७  माघ  । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आज (शनिबार) सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा  शक्ति प्रर्दशन गर्दैछ  ।

प्रतिनिधि सभा विघटन विरुद्ध नेकपाको सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा विशाल विरोध सभा गर्न लागेको हो । विरोध सभालाई सम्बोधन गर्न अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल शनिबार बिहान धनगढी पुग्दैछन् । धनगढीस्थित पुरानो एयरपोर्ट मैदानमा दिउँसो १ बजे हुने विरोध सभाको तयारी पुरा भएको नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमले जानकारी दिएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको प्रचण्ड नेपाल समूह, प्रमुख प्रतिपक्ष नेपाली कांगेस र जनता समाजवादी पार्टी आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस्