News Portal

नेकपा संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

रातोपोस्ट संवाददाता
४३६ पटक

काठमाडौं, १४ फागुन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त भएका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता रहेका अ‍ोलीले भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका हुन् । भट्टराई खोटाङ जिल्लाबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदसमेत हुन् । यसअघि नेकपा संसदीय दलको प्रमुख सचेतकमा देव गुरुङ थिए । उनलाई बर्खास्त गरे भट्टराईलाई नियुक्त गरिएको हो।

प्रतिकृया दिनुहोस्