News Portal

त्रिशुली नदीमा खसेर चालकसहित ट्रक बेपत्ता

रासस
३९६ पटक

धादिङ, १५ असार । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकास्थित चरौँदी ज्यामिरे घाटबाट मालबाहक ट्रक त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना ३ ख ८०७४ नम्बरको ट्रक नदीमा आज बिहान खस्दा चालक पनि बेपत्ता रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

अहिले नदीको बहाब उच्च छ । चालक बाहेक ट्रकमा अन्य को को थिए भन्ने यकिन नभएको र खोजी जारी रहेको बताइएको छ ।

वीरगञ्जबाट काठमाडौंका लागि छुटेका तीन ट्रकमध्ये एउटा सम्पर्कमा नआएपछि खोजी गर्दा दुर्घटनामा परेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्