News Portal

विप्लवले गरे कपिलवस्तुमा वृक्षारोपण

रातोपोस्ट संवाददाता
६५४ पटक

कपिलवस्तु, १७ असार । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढीमा विभिन्न प्रजातिका बिरुवा वितरण तथा वृक्षारोपण गरेको छ । बिहिबार नेकपाका महासचिव विप्लवको नेतृत्वमा केन्द्रीय पार्टी कार्यलयको परिसरमा १८ सय ७५ वटा बिरुवाहरु वृक्षारोपण गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीले सामुदायिक वनद्धारा जनताहरुलाई आँपका बिरुवा २ सय ५० वटा, कटहरका बिरुवा २ सय ३० वटा, कागतीका बिरुवा ३ सय वटा र लिचिको बिरुवा २ सय २० वटा गरी एक हजार बिरुवा स्थानीय जनतालाई वितरण गरेको छ । कोरोना भाइरस र बाढी, पहिरोलाई मध्यनजर गर्दै समस्यालाई नियन्त्रण गर्नका लागि बिरुवा वितरण तथा वृक्षारोपण गरिएको महासचिव विप्लवले बताए ।

साथै केन्द्रीय पार्टी कार्यलयको कम्पाउण्डभित्र स्थानिय बुद्धिजीवी, समाजसेवीलगायतले पनि वृक्षारोपण गरेको नेकपाका शिवगढी गाउँ कमिति इन्चार्ज पावेलले बताए । नेकपाका महासचिव विप्लवले आगामी दिनमा पनि समाजको हितमा र जनताको सुख, दुखमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गर्दै वृक्षारोपण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त बिरुवा वितरण तथा वृक्षारोपण कार्यक्रममा नेकपाका नेता कृतिलगायत नेता–कार्यकर्ता, स्थानिय बुद्धिजीवी, समाजसेवी, संचारकर्मीको ठूलो मात्रामा उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्