News Portal

बुद्धशान्तिमा सवारी दुर्घटनामा एकको ज्यान गयो

रातोपोस्ट संवाददाता
४६८ पटक

झापा, २१ असार । झापाको बुद्धशान्ति–४, जोगीडाँडामा दुर्घटना हुदा एक जनाकाे  मृत्यू भएको छ । मेचीराजमार्गमा साँझ ७ बजे पिकअप र मोटरसाइकल ठोक्किइ दुर्घटना हुँदा मोटरसाइकल चालक नारायण कार्कीकाे  मृत्यू भएको हाे । मृत्यूहुनेमा इलाम गोलाखर्कका रहेकाे प्रहरीले जानकारी दिएको छ ।

इलामबाट सब्जी बोकेर झापा तर्फ आँउदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप र झापाबाट इलाम तर्फ जाँदै गरको मे ९ प ९२०२ नम्बरको मोटरसाइकल दुर्घटना भइको हो। मोटरसाइलक चालकको पछाडी बस्ने मनिष श्रेष्ठ भने गम्भीर घाइते रहेको र बिएण्डसि अस्पतालमा उपचार भइरहेको पनि प्रहरीको भनाई छ ।

प्रतिकृया दिनुहोस्