News Portal

नेपालमा थप २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
८८८ पटक

काठमाडाैं, १० साउन । नेपालमा दुई हजार २३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ८३४ वटा नमूना परीक्षणमध्ये सो संख्यामा संक्रमित फेला परेका हुन् ।

योसँगै कुल संक्रमितको संख्या सात लाख ३४ हजार ७९९ पुगेको छ । मन्त्रालयले थप १८ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ९ हजार ७१३ पुगेको जनाएको छ ।

यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ५० जना संक्रमणमुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस्