News Portal

बिहीबार थप १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि

रातोपोस्ट संवाददाता
४२३ पटक

काठमाडौँ, ६ माघ । नेपालमा बिहीबार १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार देशभर गरिएको २१ हजार ७ पीसीआर परीक्षणका क्रममा १० हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै ६ हजार ४ सय ९० एन्टिजेन परीक्षणका क्रममा २ हजार २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९५ हजार ८ सय ८८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा ११ हजार ६ सय ३२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १८ हजार ८ सय ९ जना निको भएका छन् । हाल नेपालमा ५७ हजार ३ सय २८ सक्रिय संक्रमित आइशोलेशन र १ सय २५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्