News Portal

  • नेकपा नेता केसीको हत्या आरोपमा एकजना पक्राउ

    रातोपोस्ट संवाददाता
    १६९ पटक

    सल्यान, २० साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता लोकमान खत्री केसीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    प्रहरीले छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय टोपबहादुर खत्रीलाई पक्राउ गरेको हो। मृतक केसीका परिवारले दिएको किटानी जाहेरीका आधारमा खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    बागचौर नगरपालिका–१० मोख्लाको शिवगुफा सामुदायिक वननजिकै बिहीबार बिहान लोकमान मृत भेटिएका थिए। टोपबहादुरलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

    जिल्ला अदालतबाट ५ दिनको म्याद लिई टोप बहादुर विरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृत भेटिएका लोकमान नेकपा विशेष कमिटी सदस्य थिए। पोस्टमार्टम पश्चात नेता केसीको शुक्रबार दाहसंस्कार गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)