News Portal

पर्यटन तथा प्रवर्द्धनकाे लागि उपप्रमुख उप्रेतीले गरिन वृक्षारोपण

रातोपोस्ट संवाददाता
२८८ पटक

झापा, १९ भदौ । झापाकाे मेचीनगर नगरपालिका उपप्रमुख मीना पाेखरेल उप्रेतीले आज श्री पातालगंगा कालीखाेला धार्मिक तथा पर्यटन तथा प्रवर्द्धन केन्द्र मेचीनगर- ६ काँकडभिट्टाले पर्यटकिय तथा धार्मिक क्षेत्रकाे प्रवर्द्धनका लागि गर्दै आएकाे विविध गतिविधिका बारेमा स्थलगत अवलाेकन गरेकी छिन् । स्थलगत अवलोकनमा पुगेकी उनले तेजपत्ताकाे बिरुवा समेत रोपेकी छिन् ।

पर्यटन तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष ओमप्रकाश खापुङ्ग, सचिव शंकर भट्टराई, काेषाध्यक्ष लक्ष्मी तामाङले अहिलेसम्म समितिले गरेकाे गतिविधि, साप्ताहिकरूपमा हुने सरसफाईलगायतका विषयमा जानकारी गराएका थिए । उपप्रमुख उप्रेतीले नगरक्षेत्र भित्र रहेका धार्मिक एवम् पर्यटकियक्षेत्रकाे विकास र प्रवर्द्धनकालागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताइन् ।

समितिका हरेक राम्रा काममा सरकारकाे हातेमालाे निरन्तर हुने बताउँदै उनले धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताइन् ।

सहकारीकर्मी एवम् पुर्व जनप्रतिनिधि कुलप्रसाद तिवारीले त्यस क्षेत्रकाे ड्रेनलगायत अन्य समस्याका बारेमा जानकारी गराउँदै हालसम्म गरिएका गतिविधिका बारेमा जानकारी गराएका थिए।

प्रतिकृया दिनुहोस्