News Portal

वरिष्ठ गायक प्रमोद पाण्डेको निधन

रातोपोस्ट संवाददाता
३०९ पटक

काठमाडौं, २१ असोज ।वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ ।

मस्तिष्क क्यान्सरबाट पीडित पाण्डेको बिहीवार ५९ वर्षको उमेरमा निधन भएको हो ।उनको काठमाडौंमा रहेको आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

रेडियो नेपालबाट गायन शुरू गरेका पाण्डेले आधुनिक गीत तथा भजनमा स्वर दिएका छन् ।पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिकृया दिनुहोस्