News Portal

  • प्रदेश स्तरीय उसु संघको अध्यक्षमा कुमार आचार्य चयन

    रातोपोस्ट संवाददाता
    २७५ पटक

    झापा, १ चैत । कोशी प्रदेश स्तरीय उसु संघको नयाँ कार्यसमिति गठन भएको छ । गत सोमाबार सम्पन्न संघको भेलाले मेघराज आचार्य (कुमार) को नेतृत्वमा १४ सदस्सीय कार्यसमिति गठन गरेको हो ।

    आचार्यको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा टेक कार्की तथा उमा राई चयन भएका छन्, भने सचिवमा भिम पौड्याल चयन भएका छन् । कोषाध्यक्षमा निर्मला राई तथा सदस्यहरुमा शिवराज घिमिरे, साङ्गे पाल्देन शेर्पा, बिजय राजबंशी र बलब राजबंशी चयन भएका छन् । अन्य ४ जना सदस्य भने चुनिन बाँकी छ ।

    कार्यक्रममा कोशी खेलकुद परिषद बोर्डको सदस्य शैलेन्द्र विष्ठको प्रमुख आतिथ्यता रहेकाे थियाे । भेलामा नेपाल उसु महासंघका केन्द्रिय महासचिव नवराज ढुंगाना, केन्द्रिय सदस्य राजेन्द्र कुमार राई लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)