News Portal

नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना चयन

रातोपोस्ट संवाददाता
१६४ पटक

झापा, १४ चैत । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम सर्वसम्मत चयन भएकी छन् । आज बिर्तामोडमा झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितठु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिषा शर्मा गौतम, मिना विश्वकर्मा छन् । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनित गर्नेछ ।

गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहालको संयोजकत्वमा मोहन काजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको थियो ।

यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्दचन्द क्षेत्री, वर्तमान अध्यक्ष एकराज गिरी, प्रेस युनियन कोशी प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा केन्द्रकी सचिव भूमिका सुब्बाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्