रातोपोस्ट संवाददाता
काठमाडौं, १५ असोज । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटी मागेको हो । प्रसाईँले एक लाख रूपैयाँ धरौटी बुझाउनुपर्ने छ । साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको हो ।
प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी ९ दिनअघि पक्राउ परेका थिए ।