News Portal

काँकरभिट्टामा अमर प्रहरीको शिलालेख अनावरण

रातोपोस्ट संवाददाता
१५ पटक

मेचीनगर, ९ माघ । मेचीनगरको काँकरभिट्टामा अमर सशस्त्र प्रहरीको शिलालेख निर्माण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर भद्रपुरले मेचीनगर–६ काँकरभिट्टाको मेची पुलतर्फ निर्माण गरेको शिलालेखको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई र इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी, प्रमुख प्रहरी नायव उपरीक्षक मिमबहादुर लामा लगायतले संयुक्त रुपमा अनावरण गरेका हुन् ।

२४ औं सशस्त्र प्रहरी दिवसका अवसरमा मेचीनगरमा वीरगति प्राप्त गर्ने दुईजना अमर सशस्त्र प्रहरीको शिलालेख निर्माण गरिएको हो । सशस्त्र युद्धका बखत सशस्त्र प्रहरी हवल्दारहरु दिलिपकुमार मेहता र प्रेमबहादुर खड्काले शहादत प्राप्त गरेका थिए । मेहताले २०६२ साल चैत ३ गते बिहीवार र खड्काले २०६२ साल साउन ३१ काँकरभिट्टामा वीरगति प्राप्त गरेका थिए ।

जनताको जीउधन र स्वतन्त्रताको संरक्षण गर्न परिचालित रहँदा कर्तव्य पालनको सिलसिलामा निर्भिकताका साथ अदम्य साहस प्रदर्शन गरी वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीको चिरशान्तिको कामनासहित शिलालेख निर्माण गरिएको सशस्त्र प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्