News Portal

क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
५२० पटक

काठमाडौं, १० मंसिर । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको छ।

मल्लले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। ‘सुरक्षा सावधानीको उपाय अपनाएकै थिएँ। कुनै लक्षण छैन।

परीक्षण गराउँदा पोजेटिभ आएछ,’ उनले फेसबुकमा लेखेका छन्। हालः उनी अहिले होम क्वारेन्टीनमा रहेका छन्। आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्