News Portal

झापा गोल्डकपको उपाधि चर्च ब्वाईज युनाइटेलाई

रातोपोस्ट संवाददाता
१०६ पटक

झापा, २८ फागुन । चर्च ब्वाइज युनाइटेड छैटौँ झापा गोल्डकप च्याम्पियन बनेको छ । बिर्तामोडस्थित डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई ३ ० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज पहिलो पटक झापा गोल्डकपमा सहभागिता जनाउँदै उपाधि चुम्न सफल भयो ।

चर्च ब्वाइजका अवयोमि ओलुवासिओन फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई जित नजिक पुर्‍याए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजका राजेश परियारले गोल गर्दै टिमलाई जित निश्चित गराएका थिए । परियारले फाकुन्लेको पासमा उत्कृष्ट तरिकाले गोललाई जाली चुमाए ।

१८ औं मिनेटमा एपीएफका अनीश महर्जनले गोल गर्ने मौका चुकाए । गोल्डकपको विजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । भने उपविजेता एपिएफले सात लाख रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिकृया दिनुहोस्