News Portal

देशभर चिसो बढ्ने अनुमान, सावधानी अपनाउन आग्रह

रातोपोस्ट संवाददाता
५७२ पटक

काठमाडौं, ३ पुस । हाल पश्चिमी तराई भू-भागका अधिकांश स्थानहरूमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भू-भागका एक /दुई स्थानहरूमा हल्का हुस्सु-कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, वागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने बताइएको छ। देशका अधिकांश स्थानहरूको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने अनुमान गरिएको छ।

आगामी २४ घण्टाको अनुमान अनुसार देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ। पछिल्लो पटक मापन गरिए अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.२ डिग्री र अधिकतम तापक्रम १८.३ डिग्री सेल्सियस रहेको छ।

प्रतिकृया दिनुहोस्