News Portal

प्रचण्ड–नेपाल पक्षले ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दै

रातोपोस्ट संवाददाता
७७८ पटक

काठमाडौं, १२ पुस। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम अगाडि बढाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज आइतबार ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ ।

भेलामा प्रतिगमनविरुद्धको संघर्ष अगाडि बढाउन अभिमुखी कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ। उक्त पक्षले १४ गते राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्नेछ।

यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन्। शनिबार बसेको उक्त पक्षको सचिवालय बैठकले संगठन परिचालन र विस्तारलाई तिब्रता दिने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्