News Portal

गण्डकी प्रदेशमा विशेष अधिवेशन माग गर्दै निवेदन दर्ता

रातोपोस्ट संवाददाता
५९८ पटक

काठमाडाैं, २ वैशाख । मुख्यमन्त्री पुथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलले गण्डकी प्रदेशको विशेष अधिवेशन माग गर्दै निवेदन दिएका छन्।

प्रदेशसभाका २८ सांसदको हस्ताक्षरसहित बिहीबार निवेदन दर्ता गरिएको हो। मुख्यमन्त्री गुरुङको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि प्रदेश सभाको चालु अधिवेशन बुधबार मध्यरात अन्त्य गरिएको थियो।

अकस्मात संसद् अधिवेशन अन्त्य गरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले विशेष अधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गरेको नेपाली कांग्रेसका प्रदेश सांसद कुमार खड्काले जानकारी दिए।

प्रतिकृया दिनुहोस्