रातोपोस्ट संवाददाता
काठमाडौं, ७ जेठ । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
भारतमा हालसम्म २ लाख ८७ हजार १२२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । कोरोना संक्रमितको संख्या भारतमा २ करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ ।