News Portal

इराकसँग नेपाल ६-२ गोलअन्तरले पराजित

रातोपोस्ट संवाददाता
८४२ पटक

काडमाडाैं, १६ जेठ । इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ।  भर्खरै सकिएको खेलमा नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा थप गोल खाएको छ। नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित भएको छ।

खेलको साताैं मिनेटमा गोल खाएर पछि परेको नेपालले गोल खाएको एक मिनेट नबित्दै उत्कृष्ट पुनरागमन गरी खेल बराबरीमा ल्याएको थियो। नेपालले पहिलो गोल आत्मघातीमा उपहार पाएको थियो। तर पहिलो हाफको मध्यतिर नेपालले एक गोल थप्दै २-१ को अग्रता बनाउन सफल भएको थियो।

पहिलो हाफको सुरुवाती मिनेटमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछि भने निकै कमजोर रह्यो। डिफेन्समा तालमेल अभाव खड्केको नेपालले पहिलो हाफमा थप दुई गोल खान पुग्यो।  दोस्रो हाफमा पनि कमजोर प्रदर्शन जारी राखेको नेपालले थप दुई गोल खान पुग्यो।

प्रतिकृया दिनुहोस्