News Portal

मेचीनगरबाट ब्राउन सुगरसहित एक पक्राउ

रातोपोस्ट संवाददाता
५५७ पटक

झापा, १७ मंसिर । ब्राउन सुगरसहित झापाकाे मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर- ४ बस्ने ३७ वर्षीय सम्बरबहादुर आले मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रवार बेलुका ४ बजेर ५५ मिनेटमा मेचीनगर- ४ स्थित राईसिङमा प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु ७४ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक आले मगरले मलद्वारमा च्यापेर ल्याएको १४ ग्राम ब्राउन सुगर बरामद गरेको थियो । मगरलाई मोटरसाइकलसहित पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्