News Portal

झापामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रातोपोस्ट संवाददाता
५७ पटक

झापा, २१ भदौ । झापाको कनकाईमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । हिजो साँझ ५ बजे कनकाई वडा नम्बर- ५ चप्रामारीस्थित भित्री सडकखण्डमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका सोही ठाउँ बस्ने सुन्तली टुडूका छोरा अन्दाजी ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिई घाइते बनाएको थियो ।

घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल र चालक झापा गाउँपालिका वडा- २ बस्ने २४ वर्षीय बसन्त मुखियालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्