News Portal

बैंक अफ काठमाण्डू लिमिटेडको हेल्पलाइन सेवा

रातोपोस्ट संवाददाता
३५१ पटक

काठमाडाैँ, ८ चैत्र । बैंक अफ काठमाण्डू लिमिटेडले ग्राहकहरूका लागि हेल्पलाइन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहकहरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुविधाहरुबारे जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाइन स्थापना गरेको छ ।

यस हेल्पलाइन सेवा अन्र्तगत ग्राहकहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरूको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् । ग्राहकले हेल्पलाइन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना [email protected] बाट सिधै सहयोग लिन सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्