News Portal

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४९० पटक

काठमाडौं, १६ चैत्र । काठमाडौँको सुन्दरीजलमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरजलस्थित सडकमा बा ४ ख ६९६५ नम्बरको टिपरले बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय रोहन तामाङका छोरीहरू नौ वर्षीय श्रीया तामाङ र चार वर्षीय सृष्टि तामाङको आज मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार उनीहरूको टिपरको टायरले च्यापेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा ३० वर्षीय रोहन तामाङ गम्भीर घाइते भएका छन् । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीेले जनाएको छ । टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्