News Portal

मेचीनगरका जनप्रतिनिधिद्वारा निर्वाचनकाे समयमा गरेकाे प्रतिवद्वता पुरा भएकाे दावा

रातोपोस्ट संवाददाता
४७२ पटक

मेचीनगर, ७ बैसाख । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ का जनप्रतिनिधिले वडाबासी माझ निर्वाचन ताका गरेको प्रतिबद्धता सबै पूरा गरेको जनाएका छन् । मेचीनगरमा नै पहिलोपटक बुधबार आफ्नो पाँच बर्षे कार्याकाल र त्यसको उपलब्धि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मेचीनगर-८ का जनप्रतिनिधिले सोकुरा बताएका हुन् ।

वडाबासीले दिएको मत र त्यसबाट प्राप्त अधिकारको पूर्णरूपमा कार्यान्वयन गर्दै आफ्नो नेतृत्वको टिम जनताको सेवामा सधैं लागि परेको मेचीनगर-८ का वडाध्यक्ष विकेन्द्र धिमालले जानकारी दिए । उनले सबैको साथ र सहयोगले गर्दा वडाका अल्पकालीन र दिर्घकालीन योजनाहरू विकास र प्रवर्द्धनमा समग्र वडाले ९६ प्रतिशत कार्य सम्पन्न गरिसकेको बताए । साथै आगामी दिनमा बाकी रहेका कार्यसंगै जनताको सेवामा यसरी नै लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

त्यस्तै वडा सदस्य सन्तोष मेचेले वडाबासीको अभिभावक भएका नाताले कोरोना कालमा आफ्नो ज्यानको बाजीलगाएर भएपनि जनताको सेवामा निरन्तर लागि परेको बताए । जनताको सेवा गर्छु भनेर कसम खाएका हामीले यो पाँच बर्षे कार्यकालमा सुख,दुख, आपत, विपत जुनसुकै समयमा पनि जनतामाझ प्रत्यक्ष रहेर कामहरू गर्यौं ।

उनले भने, अझै धेरै काम गर्नु थियो र प्रयास अझै निरन्तर जारी छ । नियम कानुन बनी नसकेको र बनाउँदै जानू पर्ने अवस्था त्यसमा पनि कोरोना संक्रमणले दुई बर्षबढी अस्तव्यस्त बनाउँदा सम्भव भएका थुप्रै कामहरू अगाडि बढाउन सकिएन । तर, आगामी दिनमा अवसर पाए त्यसलाई सफल बनाउँदै थप उर्जाका साथ आफ्ना कार्यहरू अझ शसक्त रूपमा अगाडि बढाउने बताए ।

आफुहरू निर्वाचित भएदेखि हालसम्म पनि निरन्तर जनता माझ नै रहेको बताउँदै अर्का वडा सदस्य गंगा पाठकले आफुहरूले जनता विश्वास जितेको बताए । साथै उनले आफू सधैं जनताको सेवानै लागि पर्ने बताए ।

प्रतिकृया दिनुहोस्